सर्लाही – राष्ट्रिय मुक्ति पार्टी, नेपालले संगठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ । बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष राजेन्द्र महतोले यस्तो बताएका हुन् ।
उनका अनुसार संगठन बिस्तार, प्रशिक्षण तथा अर्थ संकलनको ४५ दिने अभियान सञ्चालन गर्न लागिएको हो। पार्टीलाई विभिन्न अभियानमार्फत स्थानीयस्तरमा संगठित बनाइने उनको भनाइ छ ।

अध्यक्ष महतोले विचार मिल्ने पार्टीसँग एकता र एकीकरणका लागि वार्ता भइरहेको समेत बताए । साथै, उनले आफ्नो पीएसओलाई बिना कारण सरकारले फिर्ता बोलाएको आरोप लगाएका छन् ।
उनले प्रहरीको संरक्षणमा आफू र आफ्ना पार्टीका कार्यकर्तामाथि ताप्लेजुङमा कुटपिट भएको आरोप लगाउँदै त्यसमाथि छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग गरे ।





