खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर एक जना पुरुषको मृत्यु

२०८१ फाल्गुन १७, शनिबार २१:३६
सांकेतिक तस्बिर

सिम्रौनगढ (बारा) – बारामा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका १६ टाङगिया बस्ती बस्ने ४५ वर्षीय ज्ञान बहादुर राइता मगर रहेका छन्।

प्रहरीका अनुसार मगर कोल्हवी नगरपालिका – ५, बलुवा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। गम्भीर घाइते उनको जननायक अस्पताल कोल्हबीमा प्राथमिक उपचार भएपछि प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार