सर्लाही – सिरहामा बिहे गर्ने आश्वासन दिएर दुई वर्षदेखि पटक-पटक जबरजस्ती करणी गर्ने प्रहरी जवान पक्राउ परेका छन्।
पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय, लहानमा कार्यरत प्रहरी जवान नवीन यादव रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार एक महिलाले उनीविरुद्ध बिहे गर्ने आश्वासन दिएर दुई वर्षदेखि पटक-पटक जबरजस्ती करणी गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् ।

सोहि आधारमा उनलाई पक्राउ गरिएको हो। यादवलाई गत १५ गते नै पक्राउ गरिएको र अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।





