लागूऔषध खैरोहिरोइनसहित दुई युवक पक्राउ

२०८१ फाल्गुन १९, सोमबार ०६:२९

सर्लाही – सिरहामा लागूऔषध खैरोहिरोइनसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहाको गोललबजार नगरपालिका -६ बस्ने वर्ष २९ का सुवर्ण मणी पाण्डे र सोहि नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ३७ का काशि साह रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुलाई शुक्रबार दिउँसो गोलबजार नगरपालिका वडा नम्बर ६ स्थित बाटोबाट पक्राउ गरिएको हो। सोहि ठाउँमा उनीहरु सवार मधेश प्रदेश ०२-००८ प. ०७३८ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा १ ग्राम ८४० मिलिग्राम खैरोहिरोइन भेटिएको थियो।

प्रहरीले उनीहरु दुवै जनाको साथबाट १ ग्राम ८४० मिलिग्रामा खैरोहिरोइनसहित उक्त मोटरसाईकल बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि जिल्ला अदालत सिरहाबाट म्याद थप गरेर अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार