सर्लाही – धनुषाको एक नगरपालिकाले गर्भवती र सुत्केरीलाई नगरपालिकाको निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवाको सुरुवात गरेको हो।
घरमा सुत्केरी हुने दरलाई शून्यमा झार्न तथा अस्पतालमा सुरक्षित रूपमा सुत्केरी गराउनका लागि अभिप्रेरित गराउने उद्देश्यका साथ एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ।

नगरक्षेत्रका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा दिइने छ भने अन्य बिरामीलाई न्यून शुल्कमा उक्त एम्बुलेन्स सेवा उपलब्ध गराईने नगरप्रमुख जितनारायण यादवले जानकारी दिए।





