मधेश शहीद प्रतिष्ठानका सदस्य नरेश यादव मृत फेला

२०८१ फाल्गुन २०, मंगलवार ११:५४

सर्लाही – मधेश शहीद प्रतिष्ठानका सदस्य नरेश यादव मृत फेला परेका छन्। मधेश भवनभित्र रहेको आवासमा उनि मृत फेला परेका हुन्।

प्रहरीका अनुसार बिहान ७ बजे आफ्नै ओछ्यानमा यादव मृत फेला परेका हुन् । घटनास्थलमा बान्ता गरेको भेटिएको छ। मृत्युको कारण भने अहिले सम्म खुल्न सकेको छैन।

उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको तथा घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार