सर्लाही – सर्लाहीमा स्रोत नखुलेको सात लाख भन्दा बढी रकमसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा जिल्लाको गोडैता नगरपालिका – ५, रामबनका ३८ वर्षीय मनोज गुप्ता र उनकै भाइ ३५ वर्षीय भगवान गुप्ता रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनीहरुलाई सोमबार साँझ जिल्लाको मलंगवा नगरपालिका- ८ बाट स्रोत नखुलेको नगद ७ लाख २८ हजार ९ सय रूपैयाँसहित पक्राउ गरिएको हो।

प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एन २२३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।





