सर्लाही – महोत्तरीको गौशाला नगरपालिका-१, रामनगरस्थित नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको छ। आज एक कार्यक्रमकाबिँच उद्योगको उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने उद्योग स्थापनाले चुलो चौकोमा सीमित रहनेहरूका लागि पनि सीपका साथै रोजगारी सिर्जना गर्ने छ। साथै, आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यसले योगदान दिइ आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

आइएमइ ग्रुपको यो उद्योग स्थापना भएसँगै नेपालमा पहिलो पटक नष्ट भएका कागजबाट नयाँ कागज उत्पादन भई आयात कम गर्न सहयोग पुग्नेछ। यस उद्योगले करिब तीन सयको रोजगारी दिनेछ।





