उपभोक्ता अदालतको उद्घाटन

२०८१ चैत्र २, शनिबार ११:५६

सर्लाही – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उपभोक्ता अदालतको उद्घाटन गरेका छन् ।

आज विश्व उपभोक्ता दिवसका अवसरमा प्रधानन्यायाधीश राउतले उपभोक्ता अदालतको उद्घाटन गरेका हुन् । सरकारले संविधानको धारा ४४ को मौलिक हक कार्यान्वयन गर्न २०७५ सालमा उपभोक्ता संरक्षण ऐन जारी गरेको थियो ।

तर ऐन जारी भएको ६ वर्षसम्म अदालत गठन हुन नसक्दा संविधानको उक्त व्यवस्था कार्यान्वयनमा आउन सकेको थिएन भने उपभोक्ताले पनि आफू ठगिएको गुनासो लिएर जाने ठाउँ पाएका थिएनन् ।

तर, अब भने त्यो संविधानको धारा ४४ कार्यान्वयन हुनुका साथै उपभोक्ताहरु आफू ठगिएमा उपभोक्ता अदालतमा जान सक्ने बाटो पनि खुलेको छ । गुणस्तरीय वस्तु तथा सेवामा पीडित उपभोक्ताको न्यायिक निरुपण हुनेछ । उद्घाटनका क्रममा बोल्दै प्रधान न्यायाधीश राउतले गुणस्तरीय वस्तु तथा सेवा गुणस्तरको मानकका लागि उपयुक्त भएको बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार