सर्लाही – सिराहा सिराहामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको धनगढीमाई नगरपालिका–१३, ढुङ्गाना टोलमा करेन्ट लागेर २७ वर्षीय हेम खडका रहेका छन्। प्रहरीका अनुसार उनको घर अगाडिको ११ केभी भोल्टेजको तार अचानक चुँडिएर करेन्ट प्रवाहित हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

नेपाल विद्युत् प्राधिकरण लहान शाखाले ११ केभी भोल्टेज प्रसारण लाइनमा कमसल तार प्रयोग गरेको कारण यस्तो घटना घटेको स्थानीयको आरोप छ। मृतक खडकाको शव पोस्टमार्टमका लागि लहान स्थित प्रादेशिक अस्पतालमा राखिएको छ।





