सर्लाही – सर्लाहिमा ठूलो परिमाणमा लागुऔषधसहित पुरुष पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको हरिवन नगरपालिका–३, डाबरीका ३६ बर्षिय मानबहादुर घिसिङ रहेका छन ।
जिल्ला प्रहरी कार्यालय सर्लाहिका अनुसार उनलाई गएराती सोहि ठाउँबाट पक्राउ गरिएको हो । उनी सवार ना. २४ प ६९०३ नम्वरको मोटरसाइकल पछाडि दुुई वटा बोरामा लागुुऔषध बोकेर हिँडिरहेका बेला उनलाई पक्राउ गरिएको हो ।

प्रहरिका अनुसार उनको साथबाट वाइनसिरेक्स सय एमएलको ३१३ बोतल र सय एमएलको वनरेक्स १४५ बोतल बरामद गरिएको छ । पक्राउ परेका उनिमाथी जिल्ला अदालत सर्लाहीवाट ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाईएको छ ।





