सर्लाही – मकवानपुरमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। दुर्घटनामा परि मृत्यु हुनेहरुमा सर्लाहीकी १३ वर्षीया मानुसी मगर र रौतहटकी ५० वर्षीया नीलमदेवी राउत रहेका छन्।
मृतक मध्ये मगरको शव घटनास्थल नजिकैको खोल्सामा फेला परेको थियो भने राउतको उपचारको क्रममा आज बिहान हेटौँडा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १० जनाको हेटौँडा अस्पताल र अन्यको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बरको गाडी शुक्रबार १ः०० बजे दुर्घटनामा परेको हो। गाडी सडकबाट करिब २०० मिटर तल खसेको छ।





