प्रधानमन्त्रीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय सुशासन आयोग गठन

२०८२ बैशाख ८, सोमबार २०:०७

सर्लाही – सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आयोग गठन गरेको हो।

उक्त आयोग १५ सदस्यीय हुनेछ । आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा आयोग, नीति आयोग र योजना आयोगका सदस्य रहने बताइएको छ । त्यस्तै, निजी क्षेत्रबाट पनि आयोगमा प्रतिनिधित्व रहने बताईएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार