सर्लाही – पर्सामा ट्रकको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा परवानीपुरका प्रदीप गुप्ता रहेका छन्।
प्रहरीका अनुसार मङ्गलवार दिउँसो वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २१ मा ना ६ ख ७६०९ नम्बरको ट्रकले मधेस प्रदेशको प्रदेश २–०३–०२१ प ६३०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ भने मोटरसाइकललाई ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।





