सप्तरीमा एक पुरुष सुतेकै अवस्थामा मृत फेला, श्रीमती पक्राउ

२०८२ बैशाख ११, बिहीबार २०:३३
सांकेतिक तस्बिर

सर्लाही – सप्तरीमा एक पुरुष सुतेकै अवस्थामा मृत फेला परेका छन्। जिल्लाको कञ्चनरुप नगरपालिका -८ कञ्चनपुर ४८ वर्षीय श्याम कुमार गुप्ता सुतेकै अवस्थामा मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आज बिहान अबेरसम्म उनि नउठेपछि उनकी छोरीले ढोका खोलि उठाउन जाँदा ओछ्यानमै मृत अवस्थामा फेला परेका थिए। स्थानियका अनुसार उनि अत्यधिक मदिरा सेवन गर्ने गर्थे भने श्रीमती गुञ्जा गुप्ता मानसिक रोगी रहेको बताईएको छ।

शव पोस्टमार्टमका लागि सप्तरीकै राजविराजस्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पतालमा राखिएको छ। घटना शंकास्पद देखिएपछि उनकी श्रीमती गुञ्जा गुप्तालाई पक्राउ गरि थप अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार