भक्तपुर – अन्तर्राष्ट्रिय शान्तिवक्ता, लेखक तथा शान्तिदूत प्रेम रावतले भक्तपुरमा ४० हजार स्राेतालाई सम्बोधन गरेका छन् । ११ वर्षपछि नेपालमा आयोजित दोस्रो कार्यक्रममा उनले जीवनको दुर्लभता र आन्तरिक शान्तिको महत्त्वबारे प्रेरणादायी सन्देश दिए ।
यसअघि वैशाख ६ मा रूपन्देहीको सैनामैनामा १ लाखभन्दा बढीले उनको सन्देश सुनेका थिए । न्युयोर्क टाइम्सको बेस्टसेलर हियर याेरसेल्फका लेखक रावतको सन्देश ११० भन्दा बढी देशमा फैलिएको छ ।

रावतले हावर्ड, अक्सफोर्ड र युरोपियन संघजस्ता मञ्चहरूमा शान्तिको सन्देश प्रवाह गरेका छन् । उनी सङ्गीतकार, फोटोग्राफर र १५ हजार घण्टा उडान अनुभव भएका पाइलट पनि हुन् ।





