महोत्तरीमा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु

२०८२ बैशाख १६, मंगलवार १३:११

सर्लाही – महोत्तरीमा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ।

जिल्लाको मनरा शिसवा नगरपालिका-१ मनरा ब्रह्मस्थान नजिकै रहेको पोखरीमा डुबेर सोही ठाउँ बस्ने विकेश सिंहको छोरा १० वर्षीय शुभम कुमार सिंह र सप्तरी डाक्नेश्वरी नगरपालिका-९ पथरघाटा लक्ष्मीपट्टी गाउँ बस्ने रूपेश सिंहको छोरा ९ वर्षीय आयुष कुमार सिंहको मृत्यु भएको हो।

प्रहरीका अनुसार सोमबार राति एक्कासी पोखरीमा डुबेर गम्भीर घाईते भएका उनीहरुलाई उपचारका लागि नगर अस्पताल मनरामा लागेको र सोहि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार