सर्लाहीमा सिँचाइका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी

२०८२ बैशाख १६, मंगलवार १६:४५

मलङ्गवा – सर्लाहीमा सिँचाइका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको छ।

गएराती जिल्लाको लालबन्दी नगरपालिका–१७, साहेबगन्जमा सिँचाईका लागि गाडिएको डिप बोरिङमा जडान गरिएको ५० केभी क्षमताको ट्रान्सफर्मर अज्ञात व्यक्तिद्वारा चोरी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलमा ट्रान्सफर्मरको भाँडो मात्र छोडिएको छ भने भित्रका तामाको तारसहितका सामग्री चोरी गरिएको छ। उक्त ट्रान्सफर्मरबाट २५ जना भन्दा बढी किसालने २० बिघा जग्गामा सिँचाई गर्दै आइरहेको थिए।

प्रहरीले चोरी गर्ने व्यक्तिको खोजि भईरहेको जनाएको छ। यस्तै, गत बैशाख ५ गते राति पनि जिल्लाको बागमती नगरपालिका–११, कर्मैयामा सिँचाईका लागि गाडिएको डिप बोरिङमा जडान गरिएको ५० केभीको ट्रान्सफर्मर अज्ञात व्यक्तिद्वारा चोरी भएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार