सर्लाही – सर्लाहीको गोडैतामा एक सय लिटर घरेलु मदिरा नष्ट गरिएको छ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) बहादुरपुरले गोडैता नगरपालिका – ६, स्थित महालक्ष्मी चिनी मिल नजिकै हुलाकी सडकबाट बरामद गरेको करिव १ सय लिटर घरेलु मदिरा नष्ट गरिएको हो।

प्रहरीका अनुसार मदिरा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, स्थानियलगायतको रोहबरमा नष्ट गरिएको हो। उक्त मदिरा ल्याएर आएका व्यक्तिले प्रहरी देख्नसाथ् मदिरा छोडेर फरार भएका थिए।





