भारतको एक होटलमा भीषण आगलागी हुँदा १४ जनाको मृत्यु

२०८२ बैशाख १७, बुधबार ०८:४५

जनकपुर – भारतको पश्चिम बंगालको कोलकाताको मेचुआपट्टी क्षेत्रमा रहेको एक होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ।

मंगलबार राति ८:१५ बजे ऋतुराज होटलमा आगलागी भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । बुर्रा बजार पूर्वी भारतको सबैभन्दा ठूलो थोक बजार क्षेत्र हो ।

होटलमा आगलागी भएपछि धेरै मानिसहरू भवनको झ्याल र साँघुरो पर्खालबाट भाग्दा घाइते भएको बताइएको छ । भीडभाड भएको क्षेत्र भएकाले दमकलका गाडीहरू त्यहाँ पुग्न कठिनाइ भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार