मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

२०८२ बैशाख १७, बुधबार १४:५६
सांकेतिक तस्बिर

सर्लाही – सिन्धुलीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको दुधौली नगरपालिका-१२ शनिटार बस्ने ५८ वर्षीय मोहन बहादुर घिसिङ रहेका छन्। प्रहरीका अनुसार मंगलबार राति आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि दुधौली नगर अस्पतालमा लगिएकामा सोहि अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार