सर्लाही – मकवानपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको राक्सिराङ गाउँपालिका–९ का ७० वर्षीय गङ्गाबहादुर स्याङतान रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–८ मा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ७७१२ नम्बरको ट्रकले बाटो काट्ने क्रममा उनलाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट उनको घटनास्थलमा मृत्यु भएको हो। ठक्कर दिने ट्रक र ट्रकका चालक सर्लाहीको हरिवन नगरपालिका – ११, का ४० वर्षीय प्रमोद महत्तोलाई नियन्त्रणमा लिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।





