सर्लाही – नवलपरासी पश्चिममा घरबाट खाना खाएर हिडेका दाजुभाइ पोखरीमा मृत फेला परेका छन्। मृत हुनेमा मृत्यु हुनेमा सुनवल –६ पुलटोल निवासी विष्णु कवंरका १० बर्षिय छोरा विप्सन कवंर र ८ वर्षिय छोरा दिप्सन कवंर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आज बिहान १० बजे घरबाट खाना खाएर हिडेका दाजुभाइ साझँ करिब ५ बजे सुनवल नगरपालिका –६ सगरमाथा टोलमा रहेको पोखरीमा मृत फेला परेका हुन्। स्थानीयले एक बालकलाई पोखरीमा तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी घटनास्थलमा पेगेर हेर्ने क्रममा पोखरीको छेउमा दुईवटा बालकको कपडा देखेपछि अर्को बालक पनि त्यहिँ पोखरीमा डुबेको हुनसक्ने अनुमान लगाएर प्रहरी र स्थानीयले पोखरीभित्रै पसेर खोजीगर्दा पोखरी भित्र गडेको अवस्थामा अर्का बालक मृत फेला परेका थिए। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ।





