सशस्त्र प्रहरी बल नं. १० गण सर्लाहिको १८ औं स्थापना दिवस सम्पन्न

२०८२ बैशाख २०, शनिबार १२:०५

सर्लाही – सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण हेडक्वाटर अगर्वा, सर्लाहीले शुक्रबार एक भव्य समारोहका बीच आफ्नो १८औं स्थापना दिवस हर्षोल्लासका साथ सम्पन्न गरेको छ। स्थापना दिवसको अवसरमा गण परिसरमा विविध सांस्कृतिक कार्यक्रम, सम्मान अर्पण तथा सामाजिक सेवासम्बन्धी गतिविधिहरू सञ्चालन गरिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि, मधेस सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनी महोत्तरीका बाहिनिपति तथा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) कालिदास धौबजीले गणको ऐतिहासिक पृष्ठभूमि, योगदान तथा वर्तमान भूमिकामाथि प्रकाश पार्दै, वर्तमान सुरक्षापरिवेशमा अझ जिम्मेवार र पेशागत बन्न सशस्त्र प्रहरीलाई आग्रह गरे।

गण प्रमुख एसपी देव बहादुर चन्दले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई आभार व्यक्त गरे। कार्यक्रमका विशेष क्षणमा, मलंगवा नगरपालिका–८ का समाजसेवी सन्जय (सुगन्ध) कुमार गुप्तालाई प्रस्तावित सिमाना सुरक्षा गुल्म मलंगवाको लागि आवश्यक जग्गा व्यवस्थापनमा महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंसापत्र प्रदान गरिएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार