जनकपुर – पाकिस्तानी गोलाबारीमा भारतका विभिन्न स्थानमा पाँच जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।
मृत्यु हुनेमा दुई वर्षीय बच्चा सहित पाँचजना रहेको भारतीय संचारमाध्यमले जनाएका छन्। भारतको नेशनल हेराल्ड अखबारले स्थानीय अधिकारीहरूलाई उदृत गर्दै मानव बसोबास भएका विभिन्न सहरमा मिसाइल तथा ड्रोन आक्रमण गरिएको जनाएको छ।

भारत नियन्त्रित जम्मू र कश्मीरको एक जिल्ला प्रमुख राजकुमार थापासहित अन्य स्थानीय पाकिस्तानी सेनाले पुँछ र जम्मू जिल्लामा गरेको गोलाबारीमा मारिएका बताइएको छ ।
पुँछ जिल्लाको कांगा–गल्हुट्टा गाउँमा मोर्टार आक्रमणमा परेर ५५ वर्षीया महिला मारिएकी छन् । जम्मू जिल्लाको आरएस पुरा सेक्टरस्थित बिदिपुर जट्टा गाउँका एक नागरिक पनि मारिएको बताइएको छ ।





