सर्लाही – सिरहाको मिर्चैयामा टिपर दुर्घटना भएको छ। आज बिहान पौने ६ बजे उदपुरबाट आएको बागमती प्रदेश ०१–००४ ख २९५३ नम्बरको टिपर कटारीचोक नजिक अनियन्त्रित भएर पल्टेर दुर्घटना भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा टिपरका चालक मिर्चैया नगरपालिका – ७, फुलवरियाका ६५ वर्षीय महेन्द्र महराको मृत्यु भएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेशराज पुरीले जानकारी दिए।






