सर्लाही – महालेखा परीक्षकको ६२औँ प्रतिवेदनमा अद्यावधिक बेरुजुतर्फ सबैभन्दा बढी बेरुजु मधेश प्रदेशको देखिएको छ। मधेश प्रदेशको २.५७ प्रतिशत बेरुजु देखिएको छ।
यस्तै, सबैभन्दा कम बेरुजु बागमती प्रदेशमा देखिएको छ। बागमती प्रदेशको ०.८२ प्रतिशत बेरुजु रहेको छ । लेखापरीक्षण अंकको तुलनामा १.२६ प्रतिशत बेरुजु कायम भएकोमा सबैभन्दा बढी मधेश र सबैभन्दा कम बेरुजु बागमती प्रदेशको देखिएको हो।

प्रतिवेदन अनुसार राज्यको बेरुजु सात खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। महालेखा परीक्षकको ६२औँ प्रतिवेदनमा अद्यावधिक बेरुजुतर्फ संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय र स्थानीय तहतर्फ लेखापरीक्षणबाट गत आर्थिक वर्ष २०८०/८१ मा ९१ अर्ब ५९ करोड ८४ लाख रुपैयाँ बेरुजु थप भएको हो ।





