सर्लाहीमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु, तिन जना घाईते

२०८२ जेष्ठ १, बिहीबार १०:४७
सांकेतिक तस्बिर

सर्लाही – सर्लाहीमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ, भने मोटरसाईकल चालकसहित तिन जना घाईते भएका छन्।

भेल्ही फुलजोर सडकखण्ड अन्तर्गत जिल्लाको ब्रहम्पुरी गाउँपालिका २ मा गएराती करिव ९ बजे बयलबासबाट भेल्हीतर्फ आउँदै गरेको बिआर ३० डब्लु ३२५ भारतीय नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा पैदल यात्री सोहि ठाउँका ५० बर्षिय राम प्रताप पण्डित रहेका छन्। उनको उपचारका क्रममा आज बिहान न्यूरो हस्पिटल बारामा मृत्यु भएको हो। उनको शव सोहि अस्पतालमा राखिएको छ।

यस्तै, दुर्घटनामा पैदल यात्री सोहि ठाउँ निवासी ५६ बर्षिय झब्सी सहनी, मोटरसाईकल चालक भारत बिहार राज्य सितामाढी जिल्ला सोनबर्षा थाना बस्ने २२ बर्षिय बिरजन पटेल र मोटरसाईकल पछाडी सवार भारत बिहार राज्य सितामाढी जिल्ला सोनबर्षा थाना बस्ने ५४ बर्षिय हजारी प्रसाद रौनियार घाईते भएका छन्।

घाईतेमध्ये झब्सी सहनी उपचार पश्चात गएराती ११ बजे अस्पतालबाट डिस्चार्ज भएका छन् भने मोटरसाईकल चालक बिरजन पटेल र हजारी प्रसाद रौनियारको अहिले एल एस न्युरो अस्पताल बिरगंजमा उपचार भईरहेको छ। ठक्कर दिने मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार