सर्लाही – महालेखापरीक्षकको ६२ औ वार्षिक प्रतिवेदन २०८२ अनुसार सर्लाहीमा सबैभन्दा बढी बेरुजु बागमती नगरपालिकामा देखिएको छ, भने सबैभन्दा घटी बेरुजु बिष्णु गाउँपालिकामा देखिएको छ।
बार्षिक प्रतिवेदन अनुसार सबैभन्दा धेरै बेरुजु क्रमश: बागमती नगरपालिका १३.३१, गोडैता नगरपालिका १२.२५, बसबरिया गाउँपालिका ८.४० प्रतिशत र सबैभन्दा कम बेरुजु क्रमश: बिष्णु गाउँपालिका ०.२७, लालबन्दी नगरपालिका ०.६६, चक्रघट्टा गाउँपालिकामा ०.८५ प्रतिशत रहेको छ।

जिल्लाका अन्य ईश्वरपुर नगरपालिका ४.३०, कविलासी नगरपालिका ४.२५, बरहथवा नगरपालिका ३.१०, बलरा नगरपालिका ३.८४, मलंगवा नगरपालिका २.३०, हरिपुर नगरपालिका २.०७, हरिपुर्वा नगरपालिका १.८९ र हरिवन नगरपालिकामा ०.८७ प्रतिशत बेरुजु रहेको छ।
कोडैना गाउँपालिका १.२१, चन्द्रनगर गाउँपालिका ६.१४ , धनकौल गाउँपालिका ५.११, पर्सा गाउँपालिका ३.८३, ब्रहम्पुरी गाउँपालिका २.४४ र रामनगर गाउँपालिकामा २.७३ प्रतिशत बेरुजु रहेको छ।
प्रचलित कानुनबमोजिम पु–याउनुपर्ने रीत नपुु–याई कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको तथा बेमुनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा ठहरयाएको रकम कलमलाई बेरुजु भनिन्छ । यो आर्थिक कारोबारको हिनामिना हो, जसलाई आर्थिक अनुशासनहीनताको उपजका रूपमा लिइन्छ ।





