सर्लाहीमा एक युवकलाई सुंगुरको खोरमा थुनेर कुटपिट, ६ जना पक्राउ

२०८२ जेष्ठ ४, आईतवार १७:३९

सर्लाही – सर्लाहीमा एक युवकलाई सुंगुरको खोरमा थुनेर कुटपिटको घटना बाहिएको छ।

जिल्लाको पर्सा गाउँपालिकास्थित एक युवकमाथि कुटपिट भएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय तश्लिम अंसारीलाई सोहि गाउँका एक समूहले सुनचाँदी सम्बन्धी सामान्य विवादका कारण कुटपिट गरेका हुन्।

तश्लिम अंसारीले छोरीको विवाहका लागि अर्को सुनचाँदी व्यवसायीकहाँ गहना बनाएका थिए। यसै विषयलाई लिएर राजेन्द्र साह सोनारसँग विवाद उत्पन्न भएको थियो। विवादपछि साहले केही स्थानीयलाई लिएर तश्लिमलाई सुंगुरको खोरमा थुनेर कुटपिट गरेका हुन्।

उनीमाथि कुटपिट गर्ने राजेन्द्र साह सोनार, उनका छोरा कमलेश साह सोनार, राहुल कुमार महतो, पप्पु कुमार यादव, पीडितका दाइ मोहम्मद अंसारी र अर्का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा भिडियोहरु भाइरल भएपछि प्रहरीले घटनाप्रति चासो देखाएको बुझिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार