सर्लाहीमा प्रेमिको हत्या गर्ने प्रेमिकासहित ६ जना पक्राउ

२०८२ जेष्ठ ५, सोमबार १७:०५

सर्लाही – सर्लाहीमा प्रेमिको हत्या गर्ने प्रेमिकासहित ६ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको प्रेमिका ईश्वरपुर नगरपालिका–६, चिरानटोलकी २५ वर्षीया नजिमा खातुन, नजिमाका श्रीमान मोस्तकिम अंसारीसहित ४३ वर्षीय मोहम्मद हुसेन मोमिन, ४० वर्षीय सुयब अंसारी, २५ वर्षीय कोनूर आलम अंसारी र सलाउद्दिन अंसारी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनीहरुले गत वैशाख २८ गते नजिमासंग प्रेममा रहेका चन्द्रनगर गाउँपालिका–१, किसनपुरका अरविन्द कुमार पण्डितको हत्या गरेर शवलाई उखु बारीमा फालेका थिए। उनको शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

यस्तो छ घटनाक्रम:
मृतक पण्डित र अभियुक्त नजिमा खातुनबिच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो। अरविन्द अविवाहित थिए भने नजिमा तीन सन्तानकी आमा हुन्। उनीहरू गएको चैत १९ गतेबाट घरबाट भागेर भारतसम्म पुगेका थिए। उनीहरू भारतमा एक महिना बसेर वैशाख २० गते नेपाल आएका थिए।

घर फर्किएपछि गाउँका पञ्चहरु बसेर नजिमालाई श्रीमान मोस्तकिम अंसारीले नै राख्ने सहमति जुटेको थियो। त्यसपछि पनि पण्डित पटक–पटक नजिमा खातुनको घरमा पुगेको पाइएको प्रहरीले जनाएको छ। दुवै जनालाई स्थानीय पञ्चायत गरेर अलग गरे पनि पण्डित आउजाउ गर्दै आएका थिए।

पण्डित नजिमालाई भेट्न आउजाउ गरेको देखेपछि गाउँलेले नजिमालाई मानसिक तनाव दिने गरेको र त्यसपछि नजिमासहित परिवारका सदस्य र आफन्त मिलेर पण्डितको हत्या गर्ने योजना बुनेको प्रहरीले जनाएको छ। पण्डित वैशाख २४ गतेदेखि बेपत्ता बनेका थिए।

पण्डितलाई वैशाख २८ गते बिहान ८ नजिमाले फूलजोर बाबा मन्दिर नजिक भेट्न बोलाएर हत्या गरिएको थियो। पक्राउ परेका अभियुक्तहरू मिलेर ईश्वरपुर नगरापालिका-८ स्थित फूलजोर खोला नजिकै लगेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए।

प्रहरी उपरीक्षक खड्काका अनुसार फूलजोर बाबा मन्दिरमा भेट्न बोलाएर त्यसको एक घण्टापछि फूलजोर खोलातर्फ लगेर प्रेमी नजिमा, उनको श्रीमान मोस्तकिम सहितले पण्डितको हत्या गरेको खुलेको छ। हत्यापछि अभियुक्तहरू लाशलाई घाँसपात र लहरीको घस्यौटाले छोपेर घर फर्किएका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार