जनकपुर – भारतको विहारको प्रमुख दल मध्ये एक राष्ट्रिय जनता दलका सुप्रिमो लालु यादवले आफ्ना जेठा छोरा तेज प्रताप यादवलाई पार्टीबाट निष्कासित गरेका छन् । लालु यादवले सामाजिक सञ्जालमार्फत पार्टीबाट निष्काशित गरेको जानकारी दिएका छन् भने परिवारबाट पनि अलग गरेको जानकारी दिएका छन् ।
उनले भनेका छन्- ‘निजी जीवनमा नैतिक मूल्यमान्यताहरूलाई बेवास्ता गर्नाले सामाजिक न्यायको लागि हाम्रो सामूहिक संघर्षलाई कमजोर बनाउँछ । जेठो छोराको गतिविधि, सार्वजनिक आचरण र गैरजिम्मेवार व्यवहार हाम्रो पारिवारिक मूल्यमान्यता र परम्परा अनुरूप छैन । त्यसैले, माथिका परिस्थितिहरूले गर्दा, म उनलाई पार्टी र परिवारबाट टाढा राख्छु ।

अबदेखि उनको पार्टी र परिवारमा कुनै पनि प्रकारको भूमिका हुनेछैन । उनलाई ६ वर्षको लागि पार्टीबाट निष्कासन गरिएको छ ।’ अहिले लालु यादव स्वास्थ्यका कारणले पार्टी गतिविधिमा सक्रिय छैनन् भने उनको जिम्मेवारी उनका कान्छा छोरा तेजश्वी यादवले निभाउदै आएका छन् । – खरिबोट





