एकै दिन देशभर तीन स्थानमा भूकम्पको धक्का

२०८२ जेष्ठ १४, बुधबार २०:१७
सांकेतिक तस्बिर

सर्लाही – नेपालका विभिन्न भूभागमा आज एकै दिन भूकम्पका तीन वटा छुट्टाछुट्टै धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहानदेखि बेलुकीसम्म बझाङ र कास्कीमा गरी तीनपटक भूकम्प गएको हो।

तीमध्ये पहिलो धक्का बिहान ११:५६ बजे कास्कीको फूलिबाङ आसपास केन्द्र बनाएर ४.४ म्याग्निच्युडको महसुस गरिएको थियो। त्यसपछि दिउँसो १२:५० बजे कास्कीकै अन्नपूर्ण क्षेत्रमा ४.१ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।

बेलुका ६:२७ बजे भने सुदूरपश्चिमको बझाङ जिल्लास्थित मासदेव क्षेत्रलाई केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। हालसम्म यी सबै भूकम्पले मानवीय क्षति वा ठूला भौतिक क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार