सर्लाही – आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति कडा असन्तुष्टि जनाउँदै यसले गरिब जनतालाई रुवाउने र बिचौलियालाई हँसाउने खालको भएको आरोप लगाएका छन्।
संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष साहले बजेटले देशको समग्र अर्थतन्त्रलाई अझै संकटतर्फ धकेल्ने चेतावनी दिए। “बजेटको प्रकृति हेर्दा बुझिन्छ, बिचौलियाको मुहारमा मुस्कान ल्याउने र विपन्न वर्गको आँखा भिजाउने किसिमको छ,” उनले टिप्पणी गरे।

उनले सरकारको नीतिगत सोच र कार्यशैलीप्रति पनि प्रहार गर्दै भने, “कुहिएको काठले राम्रो फर्निचर बन्न सक्दैन जस्तै, वर्तमान सरकारको आधारभूत संरचना र सोचमै कमजोरी छ। यो त हात्ती आयो हात्ती आयो फुस्स भन्ने उखान जस्तै भयो।” साहले वर्तमान बजेटले मुलुकलाई थप आर्थिक जटिलतामा पुर्याउने भन्दै पुनर्विचार गर्न सरकारलाई आग्रह समेत गरे।





