क्रिकेटर पूजा महतो चन्द्रनगरमा ५५ हजारसहित सम्मानित

२०८२ जेष्ठ १५, बिहीबार २०:२०

सर्लाही – नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी उपकप्तान पूजा महतो सर्लाहीको चन्द्रनगर गाउँपालिकाबाट नगद ५५ हजार र सम्मान–पत्रसहित सम्मानित भएकी छन्।

महोत्तरीको गौशाला नगरपालिकाकी स्थायी बासिन्दा महतोले मधेशको छोरी भएर राष्ट्रिय तहमा पुर्‍याएको योगदानको कदर गर्दै गाउँपालिकाले बिहीबार सम्मान गरेको हो। अध्यक्ष राजकुमार महतोले पूजाको सफलता अन्य छोरीहरूलाई खेलप्रति प्रेरणा बन्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपसभापति जीतेन्द्र महतोको उपस्थितिमा पूजालाई सम्मान गरियो। सम्मानपछि पूजाले ग्रामीण क्षेत्रका बालिकाहरूले पनि खेलमा अब्बल भूमिका निभाउन सकून् भन्ने आशा व्यक्त गरिन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार