शुक्रबार मधेस सरकारले सार्वजनिक गर्दै नयाँ नीति तथा कार्यक्रम

२०८२ जेष्ठ २२, बिहिवार १६:०४
file image

जनकपुरधाम — मधेस प्रदेश सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रम यही शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ। प्रदेश सभामा प्रदेश प्रमुख सुमित्रा भण्डारीद्वारा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यतालिका तय भएको छ।

नीति तथा कार्यक्रमको तयारीमा सरोकारवाला निकायहरू सक्रिय छन्। मधेस प्रदेश नीति आयोगका उपाध्यक्ष डा. सोहन साहका अनुसार यसपटकको नीति तथा कार्यक्रम अघिल्ला वर्षहरूभन्दा फरक ढंगले प्रस्तुत गरिनेछ। “इन्टर–कनेक्टेड वे” को अवधारणाअन्तर्गत नीति तथा कार्यक्रम समेटिएको उनले जानकारी दिए।

डा. साहका अनुसार कृषि, शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रको व्यवसायीकरणलाई नीति तथा कार्यक्रमको मूल आधार बनाइएको छ। उनले भने, “युवाहरूलाई रोजगारीमा जोड्दै आन्तरिक उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिएको छौं।”

प्रदेश सरकारले कृषिलाई विशेष प्राथमिकता दिँदै रोजगारी सिर्जना गर्ने योजनाहरू अगाडि सारेको छ। यसैअनुसार नयाँ नीति तथा कार्यक्रम तयार पारिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार