कुलमान घिसिङलाई सर्लाहीमा नागरिक अभिनन्दन गरिने

२०८२ जेष्ठ २४, शनिबार २१:०१
file image

सर्लाही — लोडसेडिङमुक्त नेपाल बनाउने तथा ऊर्जा क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याएर राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नागरिक सम्मान प्रदान गरिने भएको छ।

नागरिक अभिनन्दन मूल समिति, सर्लाहीको आयोजनामा हरिवन नगरपालिका–११ स्थित सरस्वती पार्टी प्यालेस (खसी बजार नजिक) मा यही जेठ २८ गते बिहान ११:०० बजे अभिनन्दन कार्यक्रमको आयोजना गरिने भएको हो।

कार्यक्रममा सहभागी भई राष्ट्र सेवकको हैसियतमा घिसिङले पुर्‍याएको योगदानको कदर गर्न आयोजक समितिले सबै सरोकारवालालाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रमको संयोजक धन बहादुर बिकचनले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिए अनुसार सर्लाही जिल्लाका नागरिकको तर्फबाट यो सम्मान प्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार