सर्लाही – झापाको कमल गाउँपालिका–३ सानो केर्खा क्षेत्रमा गएराति मोटरसाइकल दुर्घटनामा एक सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा इलामस्थित सशस्त्र प्रहरी बल (बिओपी)मा कार्यरत नायब निरीक्षक पुरनलाल राजवंशीको मृत्यु भएको हो। पूर्व–पश्चिम राजमार्ग हुँदै बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र१–०२–००५२प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनापछि गम्भीर घाइते भएका राजवंशीलाई बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका लागि लगिएको थियो। तर, उपचारको क्रममा उनकोको मृत्यु भएको हो।





