सर्लाही – जनमत पार्टीले आफ्नो शुभेच्छुक पत्रकार संगठनको रूपमा “प्रेस जनमत संघ” गठन गरेको छ। आइतबार सम्पन्न पार्टी सचिवालयको बैठकले संघको तदर्थ समिति गठन गर्ने निर्णय लिएको हो।
तदर्थ समितिको नेतृत्व अवधेशकुमार झाले गर्नेछन्। पार्टी अध्यक्ष डा. सीके राउतका अनुसार प्रेस जनमत संघ जनमत पार्टीको सैद्धान्तिक समर्थन गर्ने उद्देश्यले स्थापना गरिएको हो। संघका जिल्ला र प्रदेशस्तरीय संरचनाहरू पनि क्रमिक रूपमा विस्तार गरिनेछ।

संघको तदर्थ समिति अन्तर्गत रामनारायण विश्वास सहअध्यक्ष र ललनकुमार मण्डल सचिवको भूमिकामा रहनेछन्।






