रामनगर – सर्लाहीको सिसौटमा मोटरसाईकल र ट्याक्टर ठोक्किँदा दुई जना घाईते भएका छन्।
आज बिहान नयाँ रोड – मधुबनी जोड्ने सडकखण्ड अन्तरगत रामनगर गाउँपालिका वडा नम्बर ४ सिसौटस्थित नहरमा युपी १४ एफ १४१२ नम्बरको मोटरसाईकल र ना ३ त ९९०१ नम्बरको ट्याक्टर ठोक्किँदा दुई जना घाईते भएका हुन्।

प्रत्यक्षदर्शीका अनुसार सोहि सडकको आगाडी ट्राफिक चेकिङ्ग भईरहेको थियो, त्यो देखेपछि सो ट्याक्टर फर्कने क्रममा रहेको थियो भने तिब्र गतिमा आईरहेको मोटरसाईकल ट्याक्टरमा ठोक्किएको हो।
इलाका प्रहरी कार्यालय गडहियाका अनुसार दुर्घटनामा घाईते हुनेहरुमा मोटरसाईकल चालक जिल्लाको धनकौल गाउँपालिका – २ निवासी १८ बर्षिय अभिनन्दन राम र मोटरसाईकल पछाडी सवार सोहि ठाउँ निवासी १९ बर्षिय शिवम राम रहेका छन्।
घाईतेहरुको अहिले स्थानीय अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको बुझिएको छ। दुर्घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजि भईरहेको तथा दुर्घटनामा परेका सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।





