रौतहटमा विद्यालयको कम्प्युटर चोरेको आरोपमा ३ जना पक्राउ

२०८२ जेष्ठ २७, मंगलवार ०९:०४
साङ्केतिक तस्बिर

सर्लाही – रौतहटको कटहरिया नगरपालिका–१ मा रहेको श्री माध्यमिक विद्यालयबाट कम्प्युटर चोरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कटहरिया १ भासेढवा बस्ने २७ वर्षीय मुकेश दास, सोही ठाउँका १९ वर्षीय राधेश्याम दास र १८ वर्षीय राजु दास रहेका छन्। उनीहरूलाई चोरीसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चोरी भएको कम्प्युटरलगायतका सामग्री उनीहरूकै घरबाट बरामद गरिएको छ। यसअघि पनि सो विद्यालयमा चोरीका घटना घटिसकेको प्रहरीले जनाएको छ। चोरी घटनाको अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार