कविर जयन्तीको अवसरमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा

२०८२ जेष्ठ २८, बुधबार १२:१५
सांकेतिक तस्बिर

सर्लाही – कविर जयन्तीको अवसर पारेर आज मधेस प्रदेशमा सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका अनुसार प्रदेशभरिका सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरू आज बन्द रहने छन्।

यस वर्षको सार्वजनिक बिदाको वार्षिक सूचीअनुसार, चैत २२ गते प्रकाशित सूचना अनुरूप आजको दिन बिदा हुने निर्णय गरिएको हो। मन्त्रालयका उप–सचिव गणेश नायकको हस्ताक्षर रहेको सूचनामा सबै सरकारी निकाय तथा सम्बन्धित संस्थाहरूलाई सो निर्णय कार्यान्वयनमा ल्याउन आग्रह गरिएको छ।

कविर जयन्ती महान सन्त कविरको सम्मानमा मनाइने विशेष दिन हो, जसमा सत्य, समानता र मानवताको सन्देशलाई सम्झना गरिन्छ।

madesh

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार