सर्लाही – रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित मंगलपुरमा बिहीबार बिहान भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीका अनुसार दुर्घटनामा स्थानीय ३५ वर्षीय बुद्ध लिम्बुको सडकमा अपरिचित सवारीको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो।

“ठक्कर दिने सवारीको नम्बर र विवरण अझै खुल्न सकेको छैन, अनुसन्धान जारी छ,” प्रमुख अधिकारीले जानकारी दिए। दुर्घटनापछि स्थानीयवासीहरूले मृतकको शव उठाउन अस्वीकार गरेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। अहिले राजमार्ग खुलाउन सुरक्षा निकाय र स्थानीय प्रशासन प्रयासरत छन्।





