बर्दिबासमा तीन हजार ५४० किलो अवैध सुर्तीसहित ट्रक नियन्त्रणमा

२०८२ जेष्ठ २९, बिहीबार १३:३८

महोत्तरी – महोत्तरीको बर्दिबासबाट प्रहरीले ठूलो मात्रामा अवैध सुर्तीजन्य सामग्री बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले चेकजाँचको क्रममा एक ट्रकबाट ८९ बोरा सुर्ती बरामद गरेको हो। प्रदेश–२–०३–००१ख०५५७ नम्बरको ट्रक बर्दिबासस्थित बयलबास टोलमा रोकिने क्रममा शंका लागेर प्रहरीले बिहीबार बिहान जाँच गरेको थियो।

जाँचका क्रममा ट्रकमा लोड गरिएको ३,५४० किलो सुर्तीजन्य वस्तु फेला परेको प्रहरी निरीक्षक तथा कार्यालय प्रमुख डीएसपी विकास बमले जानकारी दिएका छन्। हाल ट्रकका चालक र मालधनीको पहिचान खुलाइएको छैन भने घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार