सर्लाही – पर्साको वीरगन्ज महानगरपालिका–२२ स्थित सिताराम चौकमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
शुक्रबार बिहान करिब ५ बजे भारतीय नम्बर प्लेट एच आर ५५ के ३९७१ को बिग्रिएर सडकमै रोकिएको ट्रकमा बागमती प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा परी पर्साको छिपहरमाई गाउँपालिका–३ झलमैया टोलका रामाकान्त यादव र विजय यादवको वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए।
घाइते विजय कुमार यादवको अवस्था गम्भीर रहेको बताइएको छ। उनको टाउको र शरीरमा गम्भीर चोट लागेको छ। दुर्घटनापछि ट्रक चालक फरार छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





