मलंगवा – बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत कुमार थापा ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
थापामाथि वन ऐन उल्लङ्घन गर्दै अवैध रूपमा ढुङ्गा, गिटी, बालुवा उत्खनन गरेको अभियोग लागेको छ। सोही आधारमा उनलाई १ अर्ब ४७ करोड ३९ लाख ४३ हजार रुपैयाँभन्दा बढी बिगो मागसहित मुद्दा दायर गरिएको थियो। आरोप अनुसार, करिब ४७ लाख घनमिटर वन पैदावार नोक्सानी पुगेको छ।

यस प्रकरणमा नगरप्रमुख थापासँगै नगरपालिकाकी उपप्रमुख लीला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध पनि मुद्दा चलाइएको छ।





