२२ किलो गाँजासहित एक जना पक्राउ

२०८२ असार ४, बुधबार ०९:०९

बारा – बारामा २२ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका ८ लोसण्डा बस्ने वर्ष ४५ को रामपुकार सहनी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार विशेष सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सिमराको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।

जीतपुर सिमरा उप(महानगरपालिका ८ ईम्लिप्रति स्थित फिल्डमा २ वटा बोरामा लैजादै गरेको अवस्थामा संयुक्त टोलीले मंगलवार साँझ सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए। यस सम्बन्धमा थप अनुसन्धान भईहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार