सर्लाहीमा लाखौँको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा

२०८२ असार ४, बुधबार १७:५८
File image

मलंगवा – सर्लाही प्रहरीले भन्सार छली गरी ल्याइएका साढे ४२ लाख रुपैयाँ बराबरका विभिन्न सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।

बुधबार बिहान विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय करमैयाको टोलीले वीरगञ्जबाट इटहरीतर्फ जाँदै गरेको बा ५ ख ३६० नम्बरको ट्रक जाँच गर्दा उक्त सामग्री फेला परेको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ट्रकमा रहेको सामानको आवश्यक कागजात नदेखिएको र केही देखाइएको कागजातसमेत शंकास्पद पाइएको थियो।

प्रहरीले भन्सार प्रक्रिया बेपर्वाह बनाइ चोरी निकासी गर्न खोजिएको अनुमान गर्दै ट्रक नियन्त्रणमा लिई थप अनुसन्धानका लागि पथलैया राजश्व कार्यालय पठाइएको जनाएको छ। उक्त ट्रकमा भन्सार छली गरिएका टायर, किसमिस, छाता, कस्मेटिक सामग्रीलगायतका वस्तुहरू लोड गरिएको प्रहरीले जनाएको छ। घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार