गोडैतामा चम्चागिरीको राज: कामदार बेवास्ता, चाकरीबाजको बर्चस्व ?

२०८२ असार ९, सोमबार १७:१६

गोडैता – गोडैता नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुजित महतोले सत्ताको वरिपरि घुम्ने झोले र चम्चागिरी गर्नेहरूलाई नै प्राथमिकता दिइने गरेको आरोप लगाएका छन्। नगरपालिकाको ११ औं नगर सभामा बोल्दै उनले काम गर्ने इमानदार जनप्रतिनिधि तथा कर्मचारीहरूलाई पन्छ्याएर चाकरीबाजहरूलाई प्राथमिकतामा राखिने बताए।

वडा अध्यक्ष महतोको भनाइमा, “जो इमानदार भएर जनता र नगरको हितका लागि काम गर्छन्, उनीहरूको स्थान सुनिन नसकिने झोलेहरूले लिन्छन्। विकासभन्दा धेरै महत्व अहिले चाप्लुसीले पाएको छ।” उनले नगर प्रमुख देबेन्द्र यादवलाई समेत यसतर्फ गम्भीर ध्यान दिन आग्रह गरे।

तर नगर प्रमुख देबेन्द्र यादवले भने उक्त आरोपलाई बिभिन्न उदाहरण दिँदै अप्रत्यक्ष अस्वीकार गर्दै व्यक्तिगत गुनासोका रूपमा व्याख्या गरे। यादवले भने, “हामी नीति र योजनाअनुसार काम गरिरहेका छौं।

कुनै पनि निर्णय पारदर्शी रूपमा हुन्छ। नगरसभामा उपस्थित अन्य प्रतिनिधिहरूबीच पनि वडा अध्यक्ष महतोको भनाइले चासो जगाएको छ। कतिपयले उनको अभिव्यक्तिलाई साहसी भन्दै समर्थन गरेका थिए। विकास र समावेशी प्रशासनको नारा दिने गोडैता नगरपालिकामा, काम गर्नेहरूको बेवास्ता र चाकरीबाजहरूको प्रशंसा कति समयसम्म चल्छ भन्ने प्रश्न अब आम नागरिकमा उठ्न थालेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार