जनताको सवाल, पालिकाको जवाफ: हरिपुरमा सार्वजनिक सुनुवाइ सम्पन्न

२०८२ असार १७, मंगलवार १०:०७

मलंगवा – चालू आर्थिक वर्ष २०८१/०८२ का गतिविधि, उपलब्धि र चुनौतिहरूबारे नगरबासीहरूसँग प्रत्यक्ष संवाद गर्दै हरिपुर नगरपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

पालिका कार्यालय परिसरमै सम्पन्न कार्यक्रममार्फत नगरबासीहरूका जिज्ञासा, गुनासा र सुझावहरू सुनेर नगरप्रमुख गोपाल पंजियार, प्रमुख प्रशासकीय अधिकृत वीनय पौडेल तथा विभिन्न शाखाका प्रतिनिधिहरूले उत्तर दिएका थिए।

यसअघि असार १ गते वडा नम्बर ५ मुजुर्वामा वडास्तरीय सुनुवाइ गरिसकेपछि पालिकास्तरीय सार्वजनिक सुनुवाइ गरिएको हो। आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा सर्लाही जिल्लाभरिका पालिकाहरू सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत जनप्रतिनिधि र कर्मचारीले जनतासँग प्रत्यक्ष जवाफदेही बन्ने क्रम तीव्र बनेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार